चलचित्र रिलीज हुनुभन्दा अघि नै कानुनी झमेलामा बलिउड नायिका दीपिका

news

 रिलीज हुनुभन्दा अघि नै हिन्दी चलचित्र "छपक" कानुनी जालमा फसेको छ। एक फिल्म निर्माताले दीपिका र फिल्म निर्देशक मेघना गुलजारलगायत ११ जनालाई कानुनी नोटिस पठाएका छन्। फिल्म निर्माताले स्क्रिप्ट चोरी गरेको आरोप लगाएका छन्। राकेश भारतीले फिल्मको प्रोमो हेरेपछि भनेका छन् 'छपक' उनको स्क्रिप्टमा आधारित छ।

दीपिका पादुकोणको रिलीजको तयारीमा रहेको फिल्म 'छपक ' मा केही अभिनेत्रीहरुलाई प्रस्ताव गरिएको थियो। तर, उनीहरुले यो फिल्म खेल्न चाहेनन्। 

कंगना, अनुष्का र प्रियंकालाई पनि प्रस्ताव गरिएको थियो। ऐश्वर्या राय बच्चनले पनि यसको कथामा चासो देखाइनन्। ऐश्वर्या कुरूप देखिन चाहन्नथिन्। त्यसैले उनले छपकको स्क्रिप्ट अस्वीकार गरिकी थिइन्।

 

 

 

 

Youtube Channel Link

प्रतिक्रिया