मौन बनायो ती वाणी हरु ले (कविता)

news

मौन बनायो ती वाणी हरु ले ,

जब बाले भन्नू भयो ,

छोरा मेरो ठाउँ मा उभिएर हेर??

मसङ्ग त्यो तागत छैन

जो हजुर को स्थानमा आउ । मेरो लागि स्थान दिनु पर्दैन,

चरण नै काफी छ।

मलाइ थाहा छैन सृष्टि को नियम

जे जाने त्यही आशीर्वाद मा छ।।

जति बेला घर बाट निस्किदा म,

राम्रो सङ्ग गएस आफ्नो ख्याल गरेस।

तर कहिले किन भन्नू भएन हाम्रो ख्याल गरेस??

हो मैले बुझे आज साच्चै,

एउटा छोरा सङ्ग माग्नु पर्दैन ,

यहि सिकाउन खोज्दै हुनुहुन्थ्यो,

ती शब्द का अर्थ हरु

अहिले बुझ्दै छु बार बार सोचेर।

सायद ब्याकरण पनि थोरै हुन्छ होला?

न यी शब्द काफी हुन्छन,

एउटा महान बाउ को बर्णन गर्न

यदि ती बाउ का बिचार हुन्थेनन भने

आज म छोरो ,छोरो रहदैन थिए होला।

झिरमिर झिरमिर याद हरु छन,

जब उभिन खोज्दै लड्दै गर्थे

हात समाएर ताते ताते बाबू ताते भन्दै,

उभिन सिकाउदै उठ्न सिकाउदै ।

बचपन बाटै जिन्दगी को पाठहरु

, ती हात हरुले नडोराएको भए

आज छोरा ले कहाँ सिक्थ्यो होला र?? हो जिम्मेवार बन्नु को नि हद हुन्छ तर ,

ती बा सङ्ग कुनै कुरा को सिमाना छैन।

आफू दुख मा हासेर त्यो छोरा लाई ,

पाठ सिकाउदा रछन जिम्मेवारीको।

छोरा केही भएस केही गरेस ,

जीवन खुसी साथ जिउने बाटो रोजेस।

तर किन कहिले किन नमागेका

हामिलाइ खुसी बनाएस भनेर??

कती मीठो सपना हुदो रछ त्यो बाउ को

जब छोरो ठूलो हुन्छ राम्रो बन्छ

सुखी हुन्छ खुसी हुन्छ

येहि देखेर खुसी हुने चाहाना हुदो रछ।

जब छोरो खुसी हुन्छ अनि।।

बाउ मन्द मुस्कान ले छोरा को खुसी मा ,

मीठो निद्रा भेट्ने रहेछन।।

न यी सेर हरु मा समेट्न सकिन्छ।

न ती गीत हरुले पुग्छ।

न कुनै लेख भावना ले पुग्छ।

एउटा बाउ को जिम्मेवार अनि,

छोरा लाई जिम्मेवार बनाउने ,

त्यो बाउ को संघर्ष लाई। हो छोरा बन्न सकु ।

जुन छोरा को सपना बुन्दै ,

आज बुढेस्काल भेट्नु भयो,

जुन सपना बोकेर निद्रा मा छट्पटीनु भो

मेरो छोरो ठूलो हुन्छ ।

सायद ठूलो भैसके होला।

आरम ले अझै निद्रा आउदैन ती बाउलाई

छोरो आफुले ठूलो भए भन्ने सोच्छ,

तर बाउ को अगाडि छोरो जति ठुलो होस

भाग काटेर पनि गाँस राखेकै हुन्छन

ति बाउले छोरा ले खान्छ कि भन्दै, चसक्क मन पार्दै

आज पनि याद छ मलाइ

जब बाउ कतै भोजमा जान्थे ।

मैले त भोज खाए त्यो छोराको लागि भन्दै

भरे मासु ल्याएर भोज गराउथे ,

त्यो छोरा को लागि।

आज म ठूलो भएछु तर

आज बुज्झदै छु ,

त्यति बेला पनि जिम्मेवार सिकाइदै थिए,

बच्चा हुदा बच्चै बनिदिने ,

जवानमा साथी बनिदिने

ज्ञान मा गुरु पनि,

जिन्दगी लाई सार्थक दिने

जिन्दगी जिउन सिकाइदिने । भोगाइ बुझाइदिने ।

शब्द छैनन कसै सङ्ग त्यो बाउ बर्णन गर्छु भन्ने हरुमा।

बार बार गल्ती हुदा ,

सुधार्दै बाटो देखाउने ।

छोरा ले गल्ती गरोस

बाउ अघि सरि जिम्मा लिने ,

हो आज बुझ्दै छु त्यो त्याग लाई ।

कुनै बिना स्वार्थ को ,

त्यो स्नेह लाई त्यो अस्लि प्यार लाई। कहिले दिन रात रोग भोक नदेख्ने।

छोरो छोरो छोरो स्रीफ छोरो

म त्यही भाग्यमानी छोरो हो,

आफ्नो कपाल फुलेको थाहा नपाउने

आफ्नो शरीर दुखेको थाहा नपाउने तर सोधिरहने

छोरा तलाई ठिक छ?? एक दशक लेख्दा पनि ,

समेटिन्नन होला ती बाउ का गाथा हरु।

हैसियत त पुग्दैन यी लेखाइमा

ती बाउका सपना हरु

अमुल्य भोगाइ अनि दृढ बिस्वास का

छोरा माथी का ति कल्पना हरु

अनि ती मन भित्र का बेदना हरु।।

छोरा बन्ने पाठ सिकाउन हात का छाला पट्पटि फुटाले

र पनिकुनै दिन खुसी नमागी

खुसी भएस भन्ने ती आशीर्वाद हरु

सायद बाउ बाहेक अरु

कसैको बिबेक मा हुदैन होला। सन्सार देखाउने रे छोरा लाई ।

सन्सार बुझाउने रे छोरालाइ ।

कति मीठो सपना त्यो बाउको ,

सायद कसैले देख्दैन होला सपना ,

जति एउटा बाउले देख्छन

छोरा को लागि कयौ सपना हरु। महानता खोज्न कहि जानु पर्दैन

सिङ्गो महानता नै हाम्रो हात समाएर

ताते ताते सिकाउदै छन

हिजो उभिन नसक्दा ताते ताते सिकाउथे

आज जिउन नजान्दा पनि

हात समाएर ताते ताते सिकाउदै छन। आफु लाई दुखेको भान छैन तर

हात समाएर लड्न दिदैनन

आफ्नो उमेर को ख्याल छैन तर

छोरो त दीर्घ रहेस ।

अरे वा बा हजुरको महिमा

मेरो जिन्दगी भर को भोगाइले पनि

अर्थ्याउन र समेट्न सक्दैन । त्यसैले,,,,,

कहिल्यै पनि भोगाइ बारे कुरा गर्ने छैन

केही थाहा छैन मलाइ भोगाइ,

जति एउटा छोरालाई जिम्मेवार बनाउन ,

ती बाउले भोग्छन

कुनै आदर्स ले पनि भेट्दैन भने,

म के बर्णन गरौ निशब्द छु।

कोटि कोटि चरण ढोग।।

 

Youtube Channel Link

प्रतिक्रिया