नेपाली काँग्रेस (वी. पी.) एमसीसी विरुद्ध सडकमा

news

१८ असार काठमाडौ । नेपाली काँग्रेस (वी. पी.) ले राष्ट्रघाती एमसिसिका बुदाँ सम्सोधन, भ्रष्टाचारिलाई कारबाही, पिसिआरलाई तिव्रता, आरडिटी बन्द जस्ता माग राख्दै चरण आन्दोलन गर्दै आएको छ  । 

 बुधबार साझ नेपाली काँग्रेस (वी. पी.) ले सरकारले आफ्नोतर्फबाट जनताको माग राखिएकोमा सरकारले नसुनेको भन्दै वानेश्वर स्थित संसद भवनको निशेधित क्षेत्र नारा जुलुस सहित तोडेको छ ।

राष्ट्रघाती एमसिसी सम्झौता गर्दा पुर्व प्रधानमन्त्री तथा प्रतिपक्षदलका नेता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना पुर्व अर्थ मन्त्री तथा काँग्रेसका नेता ज्ञानेन्द्र कार्कीलाई मान मर्यादा भुली एमसिसिको कार्यकारिणी अधिकृत र नेपालको मन्त्रीले सम्झौता गरेकोले उक्त सम्झौता खारेज गर्दै एमसिसिमा भएका राष्ट्रघाती बुदाँहरु सम्सोधन हुनुपर्ने माग पार्टीले राख्दै आज निशेधित क्षेत्र तोडेको छ ।

नेपाली काँग्रेस (वी. पी.) ले सरकार र प्रतिपक्ष दल राष्ट्रघाती एमसिसी, भ्रष्टाचार, अनियमित लगाएतमा एक भै हातेमालो गरेर अगाडि बढेको भन्दै प्रतिपक्ष दलका नेता तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलिको सयुक्त पुत्ला दहन पनि वानेश्वरको निशेधित क्षेत्र तोड्दै वानेश्वर चोकमा पुत्ला दहन गरेको छ ।

पार्टीले ओलि देउवा मुर्दावाद, एमसिसी खारेज गर, भारती सेना फिर्ता गर, भ्रष्टाचारिलाई कारबाही गर, पिसिआरलाई तिव्रता दे, आरडिटी बन्द गर लगाएतका नारा लगाएका थिए ।

नेपाली काँग्रेसले विपि विचार छोडेको र नेपाली जनताले नरुचाएको नेपालमा नसुहादो व्यवस्था गणतन्त्र, संघियता र धर्म निरपेक्षतामा गएको भन्दै २०७४ सालमा भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको पुर्व सन्धामा काँग्रेसका पुराना तथा त्यागी नेताहरुले हरिबोल भट्टराईको सभापतित्वमा नेपाली काँग्रेस (वी. पी.) नामको पार्टी घोषणा गरेका थिए ।

शान्ति पुर्न पुत्ला दहन कार्यमा पार्टीका केन्द्रिय सदस्य तथा तरुण दल प्रधुम्न कार्की र नेविसंघ नुवाकोट जिल्ला अध्यक्ष सुशीलराज वाग्लेलाई प्रहरीले गिरफ्तार गरि महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा राखी  रिहाई गरेको छ ।

Youtube Channel Link

प्रतिक्रिया