अमेरीकामा कोरोना संक्रमण बढ्ने

news

अमेरिकामा कोरोना संक्रमण बढ्ने आशंका गरिएको छ । अमेरिकाका शीर्ष महामारी रोग विशेषज्ञ डा एन्थोनी फाउचीले केही प्रान्तमा कोरोना भाइरस संक्रमणको बढ्दो खतरा देखिएको बताएका छन् ।

डा फाउचीको नेतृत्वमा रहेको स्वास्थ्य विशेषज्ञहरूको टोलीले अमेरिकी सरकारलाई कोरोना भाइरस संक्रमणको नयाँ चरण आउनेबारे सचेत गराएका छन् । 

अमेरिकाका शीर्ष चार स्वास्थ्य विशेषज्ञहरूले कोरोना संक्रमण बढ्ने सम्भावना रहेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई परीक्षणको दायरा नघटाउन सुझाव दिएका छन् । 

ओक्लाहोमा प्रान्तमा एक सप्ताहन्तमा ट्रम्पले आफूलाई थोरै परीक्षण गर्न सल्लाह दिइएको बताएका थिए । एन्थोनी फाउचीले अमेरिकाले धेरैभन्दा धेरै परीक्षण गरिरहेको बताएका छन् 

Youtube Channel Link

प्रतिक्रिया