सरिताहरु चाडैँ अंगिकृत बनाएर देशमा मन्त्री ,सासंद बनाउदैनौःसासंद बिडारी

news

नेकपाका सासंद रामनारायण बिडारीले जनतालाई भ्रम फैलाउने गरी सासंदले सदनमा बोल्न नहुने बताए । आजको राष्ट्रियसभा बैठकको विषेश समयमा बोल्दै उनले भारसगँको सम्बन्ध विग्राने चिनको झोला बोक्ने भनेर सदनमा बोल्दा तपाई कुन देशको झोलेहो भन्दा के भन्ने भन्ने भन्दै प्रश्न गरे । उनले दुई वटै देश सगँ नेपालको समान सम्बन्ध रहेको र रहिरहने बताए ।

उनले भारतिय नागरीकलाई मात्र लागु हुने गरी नभइ संसारका ठिटाले संसारभरका ठिटि सगँ बिबाह गर्न सक्ने स्पष्ट पारे । दक्षिण एसियामै बिबाह गर्ने बित्तिकै नागरीकता दिने प्रावधान नरहेको बताए । साथै बेलायतमा त्यहाँको भाषा,संस्कृति सबै स्वीकार गरेपछि मात्र दिने उल्लेख गरे । 

सासंद बिडारीले बिगतमा भएका कुरालाई अहिले पनि निरन्तरता दिन नहुने बताए । उनले बिगतमा नेपालको प्रधानमन्त्री भारतीय कांग्रेस पार्टीको सदस्य थिए ,के अब पनि त्यस्तै गर्ने भन्दै प्रश्न गरे । उनले अब त्यसो गर्न नहुनेमा जोड दिए । नेपाल संसार सगँ समान र सार्वभौमसत्ता प्रयोग गर्न सक्षम छौ , भएकाले त्यस्ता कुरा गर्न ससंदमा नसुहाउने बताए ।

सासंद बिडारीले कुनै पनि नेपाली नागरीकलाई विदेशीसगँ नरोकेको प्रष्ट पारे । उनले भारतसगँ मात्र नभएर अन्य देशका मानिस सगँ पनि बिवाह गर्न सक्ने प्रावधान भएको उल्लेख गरे । उनले अब हामी धेरै सरिताहरु चाडैँ अंगिकृत बनाएर देशमा मन्त्री ,सासंद बनाउने मेलोमा नभएको बताए ।

Youtube Channel Link

प्रतिक्रिया