नेपाली काँग्रेस (वी.पी)द्धारा सरकार विरुद्ध आन्दोलनको घोषणा

news

 एमसिसी खारेजी, आर डि टि बन्द, पिसिआरलाई तिव्रता भ्रष्टाचारिलाई कारबाही सहितको माग गर्दै नेपाली काँग्रेस (वी. पी.)ले सरकार विरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

नेपाली काँग्रेस (वी. पी) ले एमसिसी खारेजी, आर डि टि बन्द गर्न, पिसिआरलाई तिव्रता दिन भ्रष्टाचारिलाई कारबाही गर्न, लिम्पियाधुरा सम्मको भुर्भाग स्वामित्वमा लिन सरकारलाई पटकपटक ध्यानाकर्षण गर्दा पनि सरकार कानमा तेल हालेर बसेको भन्दै आफ्ना भातृ संघ मार्फत आन्दोलनको सुरुवात गरेको जनाएको छ । 

 

शुक्रबार तरुण दलको अगुवाइ काठमाडौको कलङ्की चोकबाट विरोध सभाको सुरुवात गरि तरुण दल, नेविसंघ लगाएत आफ्ना भातृसंघहरुलाई उपत्यकाका विभिन्न स्थान र चोकमा नागरिकलाई चेतना फैलाउन विरोध सभा गर्न निर्देश दिएको छ । पार्टीको निर्देशन लगत्तै तरुण दलले ९ गते दिउँसो ३ः३०  बजे किर्तिपुरबाट विरोध सभाको सुरुवात गर्ने बताएको छ । नेविसंघ लगाएत अन्य भातृसंघहरुले पनि चाबहिल लगाएत विभिन्न चोकमा विरोध सभाको कार्यतालिका सार्वजनिक गर्ने भएका छन् । 

 

पार्टीले एमसिसी पास गर्ने अगाडि सम्म निरन्तर रूपमा विरोध सभा तथा मसाल जुलुस गर्न निर्देशन दिएको छ । एमसिसी पास भए पछिका पनि आन्दोलनको तयारी गरेको पार्टीले जानकारी दिएको छ ।

पार्टीले एमसिसी पास हुनेदिन संसद भवन अगाडि र माइतीघर मण्डलमा आफ्नो धर्ना जुलुस सहित सांसदहरूलाई कालो झण्डा देखाउने सहितको विरोध तय भएको जनाएको छ । पार्टीले राष्ट्रघाती एमसिसी पास गरेर घर फर्कने सांसदहरूलाई टोल छिमेकीहरुले घर प्रवेश गर्न नदिन र भाडामा बस्ने भएमा घरधनिहरुले घरमा प्रवेश निशेध गर्न तथा सम्बन्धित निर्वाचन क्षेत्रमा जान आफ्नो पार्टीले प्रतिबन्ध लगाउने तथा सबै नागरिकलाई पनि प्रतिबन्ध लगाउन आग्रह गरेको छ ।

Youtube Channel Link

प्रतिक्रिया