प्रदेश एकका सासंदद्धारा काठमाडौँलाई नाकाबन्दी गर्न माग

news

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले प्रदेश १ संसदको आज (सोमबार) को बैठक अवरुद्ध गरेको छ ।

काठमाडौबाट बाहिर बस्ने नागरिकलाई काठमाडौं प्रवेशमा गरिँदै आएको रोकको विरोध र प्रदेश सरकारले संघीय सरकारसँग आफ्ना भनाइ राख्न नसकेकोलगायत विषय उठाउँदै प्रमुख विपक्षी कांग्रेसले सदन अवरुद्ध गरेको हो ।संसद बैठक सुरु हुनासाथ कांग्रेसका सांसदले आफ्नो स्थानबाट उठेर विरोध गरेका थिए ।

सभामुख प्रदीपकुमार भण्डारीले प्रमुख विपक्षीलाई समय दिएर आफ्ना कुरा राख्न आग्रह गरेपछि प्रमुख सचेतक केदार कार्कीले कांग्रेसका माग सदनमा प्रस्तुत गरे । उनले काठमाडौंबाट जो पनि सीडीओको पासमा आउन सक्ने तर काठमाडौं जान पर्दा नाकाबाट मानिसलाई फर्काइने गरेको भन्दै आक्रोश व्यक्त गरे ।

साथै उनले अब काठमाडौंलाई नाकाबन्दी गर्ने अभियान रहेको बताउदै यसबारे प्रदेश सरकारले जानकारी दिनुपर्ने बताए । यस्तै सासंद कार्कीले प्रदेश १ सरकारले मुख्यमन्त्री शेरधनलाई पीसीआर टेस्ट लगायत कोरोना नियन्त्रणमा खर्च भएको रकम सदनमा आएर सार्वजनिक गर्न माग गरे । 

 

Youtube Channel Link

प्रतिक्रिया