प्रियिर लिगमा शीर्ष स्थानको लिभरपुल एभरटनसँग बराबरीमा रोकियो

news

इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुल एभरटनसँग बराबरीमा रोकिएको छ । २३६ औँ मर्सिसाइड डर्बीमा एभरटनले लिभरपुललाई घरेलु मैदानमा गोलरहित बराबरीमा रोकेको हो ।एभरटनको घरेलु मैदान गुडिसन पार्कमा भएको पछिल्लो ८ मर्सिसाइड डर्बीमा यो सातौं बराबरी हो ।

लिभरपुलले कोरोना भाइरस महामारीपछि लिगमा पहिलो खेल खेलेको हो । एभरटनसँग बराबरी खेलेपछि लिभरपुलले उपाधि जित्न अझै दुई खेल कुर्नुपर्नेछ अर्थात ४ अंक आवश्यक छ ।

बराबरीपछि ३० खेलबाट ८३ अंक जोडेको लिभरपुलले दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि २३ अंकको अग्रता बनाएको छ । एक खेल कम खेलेको सिटीको ६० अंक छ । लिभरपुलले अर्को खेल क्रिस्टल प्यालेससँग खेल्दैछ । त्यसपछि लिभरपुलले सिटीसँग घरेलु मैदानमा खेल्दैछ । यस्तै एभरटन ३८ अंकसहित १२औं स्थानमा छ । 

गएराति भएको लिगकै अर्को खेलमा चेल्सीले एस्टनभिल्ला विरुद्ध २ –१ को पुनरागमन जित हात पारेको छ ।

४३ औं मिनेटमा कोर्टेन होउसले गोल गर्दै घरेलु टोली एस्टनभिल्लालाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा अग्रता जोगाउन सकेन । चेल्सीका लागि क्रिस्टियन पुलिसिकले ६०औं मिनेटमा बराबरी गोल फर्काए भने ६२औं मिनेटमा ओलिभर जिरुडले विजयी गोल गरे ।

जितपछि ३० खेलबाट ५१ अंक जोडेको चेल्सीले तेस्रो स्थानको लेस्टरसँग अंकदूरी ३ मा झारेको छ भने पाँचौ स्थानको म्यानचेष्टर युनाइटेडसँग ५ अंकको अग्रता बनाएको छ ।

हिजो भएको पहिलो खेलमा न्युक्यासल युनाइटेडले शीर्ष चारको दौडमा रहेको सेफिल्ड युनाइटेडमाथि सानदार जित हात पारेको थियो । न्युक्यासलले १० खेलाडीमा समेटिएको सेफिल्डमाथि ३–० को सानदार जित निकालेको हो ।

न्युक्यासलको सानदार जितमा एलान सेन्ट म्याक्सीमिन, माट रिट्ची र जोइलिन्टनले गोल गरे । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो । घरेलु टोलीलाई लगातार दवावमा राखेपनि सेफिल्ड ५०औं मिनेटमा १० खेलाडीमा समेटिएपछि त्यसको फाइदा न्युक्यासलले उठाएको हो ।

Youtube Channel Link

प्रतिक्रिया