बालिका बेच्ने दुईजना प्रक्राउ

news

प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोले १३ वर्षीया बालिकालाई भारत लगेर बेच्ने दुईजनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले ललितपुर महानगरपालिकाकी १३ वर्षीया बालिकालाई काम लगाइदिने भन्दै बेचबिखन गर्ने सिन्धुपाल्चोकका २२ वर्षीय कृष्ण मगर र २८ वर्षीय प्रवीन तामाङलाई पक्राउ गरेको हो । 

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक गोविन्द थपलियाले काममा लगाइदिने भन्दै ललाइफकाई गरी भारत पुर्याएको अवस्थामा जेठ ३० गते भारतीय प्रहरीको सहयोगमा उत्तर प्रदेशबाट बालिकाको उद्धार गरिएको जानकारी दिए ।  

प्रवक्ता थपलियाले पक्राउ परेका मगर र तामाङले २०७६ फागुनमा ती बालिकालाई गोँगबुस्थित नयाँ बसपार्कबाट भैरहवा–सुनौली जाने बसमा चढाएर उत्तरप्रदेश पुर्याएको अनुसन्धानमा खुलेको बताए । पक्राउ परेका दुवैलाई मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन, २०६४ अनुसार अनुसन्धान तथा कारवाही हुने ब्यूरोले जनाएको छ । 

Youtube Channel Link

प्रतिक्रिया