एमसीसी खारेजीको माग गदै वीपी काँग्रेसका भातृ संगठन सडकमा

news

नेपाली काँग्रेस (वी . पी.) को भातृ संघ नेपाल तरुण दल (वी पी) ले एमसिसी खरेजी , सरकार भ्रष्टाचारमा लिप्त भएको जस्ता माग राख्दै शुक्रबार साझ काठमाडौको कलङ्की चोकमा विरोध प्रदर्शन गरेको छ । तरुण दलका अध्यक्ष प्रधुम्न जंग कार्किको अध्यक्षतामा भएको विरोध सभालाई नेविसंघ र पार्टीका नेता तथा पदाधिकारीले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै पुर्व मन्त्री तथा पार्टीका महामन्त्री सुशीलमान सेरचनले प्रधानमन्त्री केपि शर्मा ओलिले राष्ट्रिय सभामा सम्बोधनका क्रममा भनिएका भनाईहरु अपरिपक्व भएको भन्दै आलोचना गरेका छन् ।  

सम्बोधन कै क्रममा अर्का महामन्त्री पुष्पराज पराजुलीले अहिले ओलि सरकारले नेपालको नक्सा लिम्पियाधुरा सम्मको सार्वजनिक गरे पनि यो सरकारको नियत माथी प्रश्न उठेको बताएका छन । पराजुलीले २०६४ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा नेपालको परराष्ट्र तथा सुरक्षा नीति भारतलाई जिम्मामा दिने प्रस्ताव केपि ओलिले गर्दा अमित सेरचनले रोकेका कारण टेबुल नभएको स्मरण गराउदै ओलि सरकारले नेपाललाई भुटान त बनाउदै छैन ? भनेर प्रश्न उठेको बताएका छन ।

 

सम्बोधनका क्रममा सहमहामन्त्री तथा प्रवक्ता देवेन्द्रप्रकाश पौडेलले जनतालाई लकडाउनमा राख्दा १० किलो चामल राहत दिन नसक्ने सरकारले अहिले कर तिर भनेर के का लागि भनेको भन्दै नागरिकले अवस्था सामान्य नभए सम्म राज्यलाई कर तिर्न नसक्ने हुनाले अवस्था सामान्य नभए सम्म कर नदिन आग्रह गरे । पौडेलले भने सरकार विदेशमा रहेका ८० लाख युवाहरूले पठाएको रेमिटेन्समा भ्रष्टाचार गरेको समेत बताए ।

नागरिकले तिरेका करबाट भ्रष्टाचारको बाटो फुकाउन खोजेको भन्दै नागरिक र देशमा केही गर्न नसक्ने सरकारलाई कर लिग्ने नैतिक अधिकार नभएको भन्दै अवस्था सामान्य नभए सम्म कर नतिर्न नागरिकलाई आग्रह समेत गरेका छन् । 

सभालाई सम्बोधन गर्ने वक्ताहरुले सरकारले एमसिसी खारेज गर्नु पने कालापानीबाट भारतीय सेनाहटाउन पर्ने र लिम्पियाधुरामा नेपाली सेना राख्नु पर्ने भनाई राखेका थिए ।

 

Youtube Channel Link

प्रतिक्रिया