सासंद सरिता गिरीलाई पार्टीले निलम्बन गर्ने

news

समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने भएको छ । नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण हटाउन लागिएको समाजवादी पार्टी एक नेताले बताए ।

सासंद गिरीले पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत गरेकि थिइज् । पार्टीले उक्त विद्येयक फिर्ता लिन र संविधानको अनुसूची संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । तर सासंद गिरीले पार्टीको ह्वीप मानिन् , सोही कारण उनलाई पार्टीले स्वतः कारवाही गर्ने बताइएको छ । 

उनलाई बोलाएर पार्टीको निर्णय मान्न सम्झाएको तर, उनलेले पार्टीको निर्देशन नमानेको बताइएको छ । 

 पार्टी नेताहरु उपेन्द्र यादव बिराटनगरमा र डा.बाबुराम भट्टराई गोरखामा भएकाले दुबै नेता काठमाडौं फर्कनासाथ पार्टीको साधाराण सदस्याट समेत हटाइने र सांसद पद स्वतः निलम्वनको जानकरी संसदलाई गराइने स्रोतले बतायो ।

संविधानको धारा ८९ को (ङ) मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले दल त्याग गरेको कुरा सूचित गरेमा सांसद पद निलम्वन हुने प्रावधान छ ।

समाजवादी पार्टीकी नेतृ गिरी खस आर्यको कोटाबाट समानुपातिकतर्फकी सांसद हुन् ।

भारतले अतिक्रमण गरेको नेपालको भूमि फिर्ताका लागि नेपालले नयाँ नक्सा जारी गरेको छ । उक्त नक्सा अनुसार निसान छाप परिवर्तनका लागि संसदमा संविधान संसोधन विद्येयक दर्ता भएको थियो । सबै पार्टीले संविधान संसोधनका पक्ष लिएका थिए भने समाजवादी कि सासंद सरिता गिरीले विद्येयक खारेजको माग गरेदै प्रस्ताव पेश गरेकी थिइन् । यद्यपी समाभामुख अग्निप्रसाद सापकोटाले गिरीको प्रस्तावनै खारेज गरिदिएका थिए । त्यसपछि संसोधनका लागि मदतान भएको थियो । बहुमत भन्दा बढिको मतदान भएपछि उक्त विद्येयक प्रतिनिधिसभाबाट पारित भएको छ । 

राष्ट्रियसभाबाट पनि विद्येयक माथि विचार गरियोस भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । राष्ट्रियसभाबाट पनि पारित भएपछि ,राष्ट्रपति कार्यालयमा प्रस्तुत गरिने छ । 

Youtube Channel Link

प्रतिक्रिया