तीन महिनापछि इटालीमा फुटबल सुरु,आज युभेन्टसले एसी मिलानको सामना गर्ने

news

इटालीमा कोरोना भाइरसका कारण स्थगित भएको फुटबल तीन महिनापछि फर्किँदैछ । कोपा इटालिया अन्तर्गत शुक्रबार सेमिफाइनलको दोस्रो लेगमा युभेन्टस र एसी मिलानबीच हुने खेलका साथ इटालीमा फुटबल फिर्ता हुन लागेको हो ।

खेल नेपाली समयअनुसार बेलुका आठ बजे सुरु हुनेछ । कोपा इटालिया अन्तर्गत युभेन्टस र मिलानबीचको पहिलो सेमिफाइनल  भएको करिब चार महिना बितिसकेको छ । जहाँ दुवै टोलीले १–१ को बराबरी खेलेका थिए । 

कोपा इटालियामा बाँकी रहेका कुनै पनि खेलमा एक्स्ट्रा टाइमको नियम लागु हुनेछैन । जसमा निर्धारित समयमा दुवै टोलीबाट खेल बराबरीमा रोकिन पुगे खेलको निर्णय सोझै पेनल्टी सुटआउटबाट गरिनेछ ।

कोपा इटालियाको दोस्रो सेमिफाइन खेल शनिबार नापोली र इन्टर मिलानबीच हुनेछ । पहिलो लेगमा नापोलीले इन्टर मिलानमाथि १–० को जित निकालेको छ ।

 

Youtube Channel Link

प्रतिक्रिया