अन्यायको स्पर्श (कविता)

news

म तिमीसगँ भेटीनु अघि ,

लक्ष्य र योजना विहीन।

आट र साथ विहीन,

समयको कुनै प्रवाह नगरी।

बाँचनुमात्रै जीवन हो भन्दै ,

आफ्नै गतिमा हिडिँरहेकी थिएँ।

 

दुखः सुख जे छ मेरो भाग्यमा,

त्यही अनुसार भोग्ने मेरो सोचाइ थियो ।

अरुले जे भने पनि सहनु कर्तव्य हो भनठान्थे म,

अन्याय थाहा पाए पनि ।

आफ्नै इज्जतको भयले,

मुख बन्द गरी चुपचाब बस्थेँ।

 

मनमै च्यापिएका पीडाले,

मन भरियो।

आँखाबाट छलछलकिदै बाहिर आउँन थाल्यो पीडा,

आँसुसगैँ मन बिस्तारै हलुका हुन थाल्यो ।

सोचे आँसु नै मेरो सहारा हो,

 

आसु झरेसँगै,

मनका पुराना भारी मात्रै हलुका भए।

पुन थपिदैँ जाने बचन र नराम्रा व्यावहारले मन मात्र हैन शरीर गलायो,

फेरी सोचेँ,

बाच्नु जीवन हो।

तर बाच्नु मात्र जीवन हैन,

भोग्दैँ जादाँ मलाई जीवन के हो?

सिकायो भोगाइले 

र चेतनाले,

 

अन्याय आँशुले साटिदैन रहेछ,

साथ खोजेर पाईने रहेनछ ।

म यति बेला,

साथ र न्यायको

असली अनुहार खोज्दैछु।।

 

Youtube Channel Link

प्रतिक्रिया