धनुषामा गोली हानेर युवकको हत्या

news

धनुषामा एक युवकको गोली हानी हत्या गरिएको छ। धनुषाको सबैला नगरपालिका ७ नवटोली टोलका २५ वर्षीय अरुण कुमार मण्डलको गोली लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ। 

मृत युवकको घरभन्दा सय मिटर पर पोखरीको डिलमा कञ्चटमा गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। उनले भने, ‘गोली हानिएको भनी प्रहरीको प्रारम्भिक अनुसन्धान छ, थप विवरण पोष्टमार्टमपछि मात्र भन्न सकिन्छ ।

बुधबार बिहान करिब साढे ५ बजेको समयमा घर नजिकै पोखरीको डिलमा स्थानीय जयकिशोर मण्डलका छोराको शव भेटेपछि स्थानीयले ईलाका प्रहरी कार्यालय सबैलामा जानकारी गराएका थिए। प्रहरीको टोली पुगेर शवको मुचुकल्कासहित पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

 

 

 

Youtube Channel Link

प्रतिक्रिया