रुपन्देहीमा पाचँ जनाको हत्या

news

रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ । एउटा फार्ममा शव भेटिएको डिएसपी खड्गबहादुर खत्रीले पुष्टि गरे । अहिले घटनाको अनुसन्धानको लागि टोली परिचालन गरिएको उनले बताए ।घटना गएरातिको भएको बताइएको छ ।  

 प्रहरी स्रोतका अनुसार बन्चरो प्रहार गरी हत्या गरेको अवस्थामा शवहरु फेला परेका छन् । मृतकको विवरण खुलेको छैन ।

 प्रहरीले घटनाको अनुसन्धान गर्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति लागुऔषध दुर्व्यसनी रहेको र उनैले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

 

Youtube Channel Link

प्रतिक्रिया